• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रवि लामिछानेको वाचापत्र सार्वजनिकः चितवनलाई आर्थिक राजधानी बनाउने


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • चितवन/चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको छ । कालिका नगरपालिकाको जुटपानीमा सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ ।

    Advertisement

    वाचापत्रमा भनिएको छ, ‘आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विद्येयक पेस गर्नेछु । भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत् चितवनमा सहरी योजनाको सुरुवात गरिने, चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वाटर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने लगायतका व्यवस्था गरिने छ ।’

    लामिछानेको वाचापत्रमा चितवन–२ मा जे परे पनि हेलो रवि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । वाचापत्रमा भनिएको छ, ‘तपाइँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ । तपाइँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाइँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस्, तपाइँका कुनै पनि समस्याका लागि तपाइँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्नेछु ।’

    वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ । टोल, वडा, पालिका र प्रतिनिधि, विज्ञ, चितवनका गैरआवासीय नेपाली, सांसद सचिवालय र म स्वयं मिली एउटा संसदीय योजना तर्जुमा बोर्ड गठन गर्छौं जसले तपाइँको टोल, वडा र पालिकाको समस्या, त्यसको समाधान र त्यहाँ आवश्यक विकास योजनाको तर्जुमा गरी हामी मिलेर काम अघि बढाउँछौं ।’

    वाचापत्रमा उल्लेख भए अनुसार यस बोर्डले वागेश्वरी क्षेत्रमा योगी नरहरि नाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, वृहत् जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियती वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रुपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्ड फिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिनेछ ।’

    रवि लामिछानेले आज सार्वजनिक गरेको वाचापत्रमा संसदीय अभ्यासलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘संसदमा गयल हुँदिन, गयल भए भत्ता लिँदिन । संसद र संसदीय समितिको बैठकमा सक्रियताका साथ भाग लिन्छु । यस क्रममा नीति निर्माणमा धारणा राख्दा सम्बन्धित क्षेत्रको विज्ञसँग सल्लाह लिन्छु । राष्ट्रिय हित विपरीत कुनै कार्य गर्दिन । यसमा कुनै दुविधा आए, पार्टीको प्रारम्भिक निर्वाचन पद्धति अनुरुप जनतालाई सोधेर निर्णय लिनेछु । सरकारी अस्पताल बाहेकमा उपचार गराउँदिन । स्वदेशमा उत्पादित पोसाक मात्र लगाउँछु । प्रत्येक ४–४ महिनामा सार्वजनिक सुनुवाई गर्छु । तपाइँहरुलाई आफ्नो हरहिसाब बुझाउँछु । तपाइँहरुसँग सँगै बसेर विकास निर्माणका प्रत्येक योजनाको निरन्तर सामुदायिक अडिट गर्छौ । विकास निर्माणको कार्यमा भ्रष्टाचार हुन दिन्नौं ।’

    वाचापत्रमा युवाहरुका लागि व्यवसाय गर्न सहयोग गर्ने गरी विज्ञ टोलीले सहायता गर्ने व्यवस्था मिलाउने बताइएको छ । त्यसैगरी लामिछानेले निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र निर्वाचित भएको एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.