• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन २ (ख) मा जोशिला जोशी

"को हुन् चितवन २ (ख) का उम्मेदवार जोशी "

  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
  • चितवन/आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा उम्मेदवार उत्तम जोशी चुनावी मैदानमा छन् । कांग्रेस चितवनका निवर्तमान सचिव जोशीलाई बाम लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको हो । जोशी अहिले चुनाव लक्षित घरदैलो अभियानमा व्यस्त छन् । कांग्रेस चितवनका स्पष्ट वक्ताको छाबी बनाएका जोशी जनतामाझ उत्तिकै लोकप्रिय छन् ।

    Advertisement

    को हुन् उत्तम जोशी ?


    भरतपुर महानगरपालिका वडा नम्बर १० स्थायी घर भएका जोशीको जन्म २०३५ सालमा तनहुँको साविक चिसापानी गाविसमा भएको हो । सानैदेखि राजनीतिमा लागेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् ।  राजनीतिमा निकै सक्रिय युवा नेता जोशी जुझारु र इमान्दारी नेताको रुपमा नेता चिनिन्छन् ।

    मावलीघर र आफ्नो घरको राजनीतिक पृष्ठभूमिबाट हुर्केका जोशी पछिल्लो पुस्ताका लागि प्रेरणाका श्रोत पनि हुन् । त्यसो त उनका दाई अमृत जोशी नेविसंघ राजनीति गर्दै मकाउको संस्थापक जनसम्पर्क समितिको अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४६ को आन्दोलनमा सहभागी हुँदै राजनीतिको प्रारम्भिक यात्रा तय गरेका उनी २०४९ सालमा तनहुंँकै स्थानीय स्कुल कमिटीमा अध्यक्ष भए । तनहुंँको राजनीतिबाट यात्रा शुरु गरेका उनी नेवि संघको जिल्ला सदस्य र सचिव भएर जिम्मेवारी पूरा गरिसकेका छन् ।

    त्यसपछि भने झन् जोशीको जोश थपिंदै गयो । उनको राजनीतिक गति चितवन आएर तीब्र र फराकिलो बन्यो । पढाईको सिलसिलामा २०५१ सालमा चितवन आए लगत्तै उनी नेविसंघ बालकुमारीको इकाई सदस्य भए । त्यसपछि उनी सोही कलेजको नेवि संघ इकाई सचिव र सभापति भएर जिम्मेवारी पूरा गरे । समयसँगै थप क्रियाशील र उर्जावान हुँदै गए उनी । उनले आफ्नो राजनीति यात्रालाई एकछिन पछि पनि थकाई मार्न दिएनन् ।

    त्यसपछि उनी नेवि संघको सभापति र नेवि संघको केन्द्रीय सदस्य बन्न सफल भए । त्यतिमा मात्र उनले आफ्ना पाईला रोकेनन्, थकाई मारेनन् । उनको चर्चा थप चुलिँदै गयो । उनी हरेक चितवनबासीको मनमुटुमा बस्न थाले ।

    कांग्रेसको ११ औं महाधिवेशनबाट उनी भरतपुर महानगरपालिका वडा नम्बर १० को सचिवमा निर्वाचित भए । १२ औं महाधिवेशनमा वडा नम्बर १० कै सभापति बन्न सफल भए । १३ औं महाधिवेशनमा जिल्लाको सचिवको रुपमा अत्याधिक मतले निर्वाचित भए ।

    सामाजिक शास्त्रमा स्नाकोत्तरको अध्ययनलाई निरन्तरता दिँदै आएका उनी बेथितिविरुद्ध जहिल्यै पनि कडा रुपमा प्रस्तुत हुने गरेका छन् । अहिले संघ, प्रदेश र स्थानीय तहबीच रहेको कानुनी अस्पष्टता र व्यवहारिक जटिलतालाई निराकरण गर्ने, दुरुपायोग हुँदै आएको सांसद कोष खारेज र राजनीतिक विशिष्टताका नाममा हुने विशेषाधिकार अन्त्यको एजेन्डा लिएर उनी चितवन २ (ख) बाट प्रदेश सभा सदस्यको चुनावी अभियानमा होमिएका छन् ।

    उनी आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको बताउँछन्। आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई उनको आग्रह छ । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । ‘मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिन’, जोशी भन्छन् ।

    तीन दशकभन्दा बढी निरन्तर कुशलतापूर्वक बिभिन्न भूमिका र जिम्मेवारी बहन गर्दै आएका उनी पटक पटक विद्यार्थी राजनीतमा धरकपड, गिरफ्तार हिरासतमा परेका थिए । राजनीतिक आन्दोलनको क्रममा २०६२÷६३ मा घाइते समेत भए उनी ।

    उनी राजनीतिमा मात्र सक्रिय छैनन्, सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुंँदै आएका छन् । सन् २००६ को भरतपुर शाखा जेसिजको अध्यक्ष, २०११ मा जेसिसको राष्ट्रिय उपाध्यक्ष निर्वाचित भए । परिवार नियोजन संघ चितवन, क्षयरोग निवारण संस्था र क्यान्सर समाज, चितवनको उनी आजीवन सदस्य हुन् ।

    विभिन्न क्लब, शैक्षिक संस्थाकाको रुपमा आवद्ध भई काम गरिसकेका उनले समाजसेवीको छवी पनि उत्तिकै राम्रो बनाएका छन् । राजनीनिलाई पेशा होइन सेवाको रुपमा लिनु पर्ने उनको बुझाइ छ ।

    यस्ता छन् जोशीको प्रतिवद्धता :
    चितवन २ (ख) मा गठबन्धनका साझा उम्मेदवार जोशीले डुबानको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनका साझा उम्मेदवार जोशीले भरतपुर महानगरपालिका ११ सँगै प्रदेश २ (ख) भित्रका वडाहरुमा रहेको डुबान समस्या निराकरण गर्न ड्रेनको व्यवस्था गर्ने बताएका हुन् ।

    उनले युवा स्वरोजगार लक्षित कार्यक्रमहरु पनि आफ्नो प्राथमिकतामा रहने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उनको योजना छ । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकास, निस्सा पाइसकेका भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका समुदायलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने बिषयलाई उनले जोड दिएका छन् ।

    खाने पानीको समस्या समाधान, विद्यालय तथा स्वास्थ्यसंस्थाको स्तरोन्नती, पुल कल्भर्ट तथा साघुँरो सडक विस्तार, कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, गणेशथानदेखि वडा नम्बर १२ सम्म रिङरोड, ठाउँ-ठाँउमा सार्वजनिक शौचालय, महिला हिंसा अन्त्य तथा सिपमूलक तालिम, बाल-बालिका, युवा र वृद्ध-वृद्धाका लागि पार्क, खेल मैदान र पुस्तकालय निर्माण, पिछडिएका वर्गको आर्थिक तथा सामाजिक उन्नतिका लागि पहल र फोहोर व्यवस्थापन पनि उनको प्राथमिकतामा छ ।

    उनले भरतपुर विमानस्थलबाट स्थानीयलाई उत्पन्न समस्या समाधान, जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास, आवश्यकता र सम्भाव्यता अध्ययन गरी भाटभटेनीदेखि हाकिमचोकसम्म र आँपटारीदेखि जिल्ला प्रशासन कार्यालयसम्म आकाशे पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई थप सुधार र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनको प्रतिवद्धता छ ।

    नीति नियमतर्फ संघ, प्रदेश र स्थानीय तहका बीचमा रहेका कानुनी अस्पष्टता र व्यवहारिक जटिलता निराकरण, दुरुपयोग भइरहेको सांसद बिकास कोष खारेज तथा राजनीतिक विशिष्ठताका नाममा हुने विशेषाधिकार अन्त्यका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

    आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.