चितवन/नेकपा एमाले रत्ननगरले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घरदैलो कार्यक्रमसंगै प्रचार प्रसारलाई तिब्रता दिएको हो । रत्ननगर वडा नं ७ को बद्रहनी चोकबाट सुरु भएको घरदैलोमा सौराहा, सिसुवार, पडरीयाका मतदाताका समस्या, गुनासा, रायसुझाव लिदै चितवन क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल (शैलेस) ले मतदाताका घर घरमा पुगि मत मागेकाछन् । घरदैलो कार्यक्रममा पार्टी कार्यकर्ता तथा स्थानीय वासिन्दाको सहभागिताले थप उत्साहित बनाएको एमाले रत्ननगर कमिटिका अध्यक्ष ईश्वरी अर्यालले जानकारी दिए । उम्मेदवार तथा कार्यकर्ताहरुलाई मतदाताले ठाउँ ठाउँमा स्वागत गरेका छन् । घरदैलोमा मत माग्न पुगेका उम्मेदवार शैलेसलाई स्थानीयवासिन्दाले विजयी भएपछि नभुल्न र समानुपातिक विकास निर्माणसंगै दुःख, सुखमा साथ दिन अनुरोध गरेका थिए । उम्मेदवार शैलेसले चितवन क्षेत्र नं. २ (ख) को चौतर्फी विकासको लागि आफु चुनावी मैदानमा आएको बताए । आफू विजयी भएपछि यहाँका जनताहरुको हरेक दुःख, सुखमा साथ दिने प्रतिवद्धता जनाए ।
एमाले रत्ननगरको घरदैलो तिब्र, जनताको दुःख, सुखमा साथ दिने प्रतिवद्धता
एमाले रत्ननगरको घरदैलो तिब्र, जनताको दुःख, सुखमा साथ दिने प्रतिवद्धता
तपाईको प्रतिक्रिया




