• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जनताको मन बुझेर मत मागौं ः  उमेश श्रेष्ठ


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • चितवन/तिहारको सकिएसंँगै चितवनका विभिन्न दल र स्वतन्त्र उम्मेद्वारले चुनावी अभियानलाई थप सक्रिय पार्दै लगेका छन । आःआफ्ना क्षेत्र, टोल ,गाउंँ र घरदैलो अभियानलाई उमेद्वारले तीब्रता दिएका छन । यसैक्रममा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार, नेता कार्यकर्ताले भेटघाट र घरदैलो अभियानमा व्यस्त छन । चुनावी अभियानलाई मर्यादित संयमित बनाउन वडा टोलमा विभिन्न भेला छलफल कार्यक्रमलाई पनि लोकतान्त्रिक गठबन्धनले  निरन्तरता दिंँदै आएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर १० ले आयोजना गरेको प्रतिनिधि सभा एवम प्रदेश सभा निर्वाचन  केन्द्रित छलफल तथा विमर्श कार्यक्रममा उनीहरुले जनतालाई कांँग्रेसको बारेमा बुझाउन आग्रह गरे ।
    सो अवसरमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले जनतालाई लोकतन्त्र, आर्थिक उदारीकरणका बारेमा बुझाउनु पर्ने बताए । देशलाई धनी बनाउन पूर्वाधारको खांँचो रहेको बताउंँदै उनले युवा र महिलालाई विकास र रोजगारीमा जोड्नु पर्ने बताए ।

    Advertisement

    देशको समृद्धि हासिल गर्न लोकतान्त्रिक वामगठबन्धनको जित आवश्यक रहेको भन्दै उनले वडा वडा टोल टोलमा युवाहरु परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरु टोलटोलमा जानुस ‘घरघरमा जानुस कांँग्रेसको बारेमा बुझाउनुस्, उनले भने, ‘जनताको मन बुझेर  मत मागौं ।’ आफूले जितेमा जनताको चाहना र आवश्यकतालाई बुझेर सोही अनुसार काम गर्ने उनले बताए ।
    चितवन क्षेत्र नम्बर २ खका उम्मेद्वार उत्तम जोशीले पार्टीले दिएको विश्वास आफूले टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । आफू यही वडा नम्बर १० बासिन्दा र यहांँका जनतानै अभिभावक रहेकोले एक अर्कामा बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रिय रुपमा काम गरेको बताउंँदै जनताको जिवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताए । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उनको भनाई थियो । आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँको जनताको आवाजको प्रतिनिधित्व गर्ने उनको  प्रतिबद्धता थियो ।
    नेपाली कांँग्रेस चितवनका सभापति तथा पांँचदलीय निर्वाचन परिचालन समितिका संयोजक राजेश्वर खनालले संयमित भएर चुनावी अभियानलाई अघि बढाउन आग्रह गरे । सामाजिक सञ्जालमा कमेन्ट तथा विचार व्यक्त गर्दा सचेत रहनुपर्ने उनको भनाई थियो । उनले मतदातासंँग उम्मेद्वारले सरल, सभ्य व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
    सो क्रममा बोल्दै निवर्तमान कांँग्रेस सभापति जितनारायण श्रेष्ठले सबैजना एकत्रित भई चुनावी अभियानमा होमिन आग्रह गरे । पार्टीका अन्तरद्धन्द्ध , प्रतिस्पर्धालाई बिर्सेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन चुनावी अभियानलाई घरघरमा लग्नुपर्नेमा उनले जोड दिए ।
    महासमिति सदस्य प्रकाश अधिकारीले निर्वाचनमा अफवाह, तरंग,आरोप प्रत्यारोप फैलने भएकोले नेता कार्यकर्तालाई जनता समक्ष सकारात्मक कुरा बुझाउनु पर्ने बताए । पार्टीको निर्णय  र निर्देशन भन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै अधिकारीले नीति र नियममा बांँधिएर मतदाता समक्ष जानुपर्नेमा उनले जोड दिए । कांँग्रेसको कांँधमा ठूलो जिम्मेवारी आएको भन्दै उनले केपी वलीको प्रवृत्तिलाई परास्त गर्न पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । सहभागी अन्य वक्ताहरुले नेता कार्यकर्ता भेटघाट , सभा सम्मेलन भन्दा पनि चुनावी अभियानका सबै संयन्त्रलाई परिचालित गरी जनताको घरदैलौमा जान सुझाव दिएका दिए ।

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.