नारायणगढ/आयुर्वेद चिकित्सा पद्यतीका प्रर्वतकका रुपमा आज देशै भरी धन्वन्तरी जयन्ती मनाईएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि कार्तिक शुक्ल पक्षको त्रयोदशी तिथिका दिन धन्वन्तरी जयन्ती मनाइएको हो । आज शिबघाट आयुर्वेद औषधालय भरतपुर ४ मा पनि घुमघामका साथ धन्वन्तरी जयन्ती मनाईएको छ । औषधालयमा आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष अध्यक्ष अर्पण पोखरेलले हामी सँगै भएका जडीबुटी र ज्ञानको महत्व बुुझन र बुुझाउन तर्फ ध्यान दिनुपर्ने बताउनुु भयो । सो अवसरमा बिशिष्ट अतिथि भरतपुर महनगर पालिकाका शाखा अधिकृत झलक कुमार श्रेष्ठले यो आयुर्वेद औषधालयले कोभिडको महामारीमा उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिदै यसको सेवा बिस्तार गर्न जरुरी भएको बताउनुुभएको थियो । सो अवसरमा औषधालय सञ्चालन तथा ब्यास्थापन समितिका पदाधिकारीहरु, स्थानिय संघ सस्था, टोल बिकास समिति, आमा समुह र स्थानिय सर्वसाधरणहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम शिबघाट आयुर्वेद औषधालय का प्रमुख उमा आर्चायको सभापतित्वमा सम्पन्न भएको थियो ।
कबिराज लालप्रसाद पौडेलका अनुसार धन्वन्तरी ऋषिले बिश्वकै प्राचिक चिकित्साशास्त्र आयुर्वेदकोे प्रार्दुभाब र बिकास गरेका हुन । बि.स. २०५६साल देखि आजैका दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि देशब्यापी रुपमा मनाउन थालिएको हो ।
Advertisement




