चितवन/चितवनमा निवार्चन आयोगको आयोजनामा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आयोगले आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा संञ्चारमाध्यम र साञ्चारकर्मीको भुमिका बारे छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचन लाई थप मर्यादित बनाउन आचार पालनामा संञ्चारमाध्यमले अहम भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले, निर्वाचन संघ सम्बन्धीत कुराहरु लाई सहि सम्प्रेशण गर्न, जनसहभागिता लाई थप प्रभावकारी बनाउन र जनतालाई सुसजित गर्नका लागि सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगत् र आयोगबीच नजिकको सम्वन्ध रहेकोेले निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न समन्वय गरेर अघि बढनुपर्नेमा जोड दिदै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । निर्वाचनलाई कम खर्चिलो बनाउनका लागि निर्वाचन आचिारसंहिता बनाइएको र यसको कार्यान्वयनका सन्दर्भमा मिडिया क्षेत्रबाट पूर्ण सहयोग प्राप्त गर्नेमा आयोग विश्वस्त रहेको दुवाडीले बताउनुभयो ।

उहाँले निर्वाचनका बेला मतदाता नामावली संकलन, आचारसंहिता पालना, मतदान, मतगणना र सुरक्षा व्यवस्थापन लगायतका क्रियाकलाप सम्पन्न गर्नमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता भित्र रही मतदातामा सत्य तथ्य सूचना सम्प्रेषणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्दा आधिकारिक सूचना लिने र त्यसलाई तथ्य जाँच गर्न भुल्न नहुने भन्दै उहाँले आयोगको नीति, विद्यमान कानून र जारी गरिएका निर्देशिका लगायत आयोगको प्रवक्ता, सहायक प्रवक्ता, प्रेस विज्ञप्ति, इ—बुलेटिनलाई निरन्तर पछ्याउन गर्न आग्रह गर्नुभयो । निर्वाचन आयोगको काम कारवाहीका बारे जान्नु परेमा वा निर्वाचनसँग सम्बन्धित कुनै जिज्ञासा भए ११०२ मा फोन गरेर आवश्यक जानकारी लिन सकिने दुवाडीको भनाई छ । कार्यक्रममा चितवनका निर्वाचन कार्यलय प्रमुख, सुरक्षा निकायका प्रमुख सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।




