गीतानगर/पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन समितिको क्षेत्रीय कार्यालय क्षेत्र न।३ चितवनको गितानगरमा उद्घाटन गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङले आज कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्दै मंसीर ४ गते हुने निर्वाचनमा ५ दलिय गठबन्धनका सबै उम्मेदवार निर्वाचित हुने दाबी गर्नुभएको छ ।
साथै कांग्रेसले अब परिवर्तनको नेतृत्व लिने उहाँले बताउनुभयो। उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले अब देश विकासमा युवा लाग्नुपर्ने बताउँदै यस निर्वाचनमा युवा नेतृत्वलाई जिताउन जनतासँग अनुरोध गर्नुभयो। प्रतिनिधि सभा क्षेत्र न ३ का उम्मेदवार भोजराज अधिकारीले ६ ‘स’ को आफ्नो एजेण्डा स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, सेवा र सडक सञ्जाल मार्फत आफू अघि बढ्ने जानकारी दिनुभयो।




