• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

उवासंघ–चितवनले बुझायो बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरका विरुद्ध ज्ञापन पत्र


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको अवैज्ञानिक ब्याजदरका विरुद्ध आज ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत संघले नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा समन्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा एक समारोहका विच संघका अध्यक्ष चुननारायण श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको हो । मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजीक्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार , नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा बर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर बृद्धी प्रति उद्योग वाणिज्य संघ– चितवनको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

    Advertisement

    कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फि दवाव परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय भएको व्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको संघले जनाएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउंदै आयात प्रतिस्थापनका लागि संघर्षरत निजी क्षेत्रलाई यसरी अवैज्ञानिक रुपमा बृद्धि गरिएको व्याजदरले उद्योग व्यवसायनै बन्द गरि विस्थापित हुनुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेको संघको भनाइ रहेकोछ।
    विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मुल्य बृद्धिहुंदै जानुले विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको बर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको एकतर्फि र मनोमानी रुपमा व्याजदर बृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मनोमानी रुपमा बृद्धि भएको व्याजदर दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिईने मानसिक तनाबका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको भन्दै यसले एकातर्फ उद्यमी व्यवसायी मर्कामा परेको र  आकासिएको महंगीको कारण सर्वसाधारण जनताको दैनिक जीवन समेत कष्टकर बनेको संघले उल्लेख गरेको छ ।  बर्तमान जटिल परिस्थितिमा बैंक तथा वित्तिय संस्थाले लिने ब्याजदर एक अंकमा ल्याउन, बर्तमान चालुपूंजी मार्गनिर्देशनलाई यथावत राखि नया“ व्यवस्थापन गर्नुका साथसाथै कर्जाको किस्ता बुझाउनुपर्ने समयावधि थप गरि व्यवसायीलाई धरासायी हुनबाट बचाउनका लागि सम्बन्धित निकायलाई उद्योग वाणिज्य संघ–चितवन ध्यानाकर्षण गरेको छ ।  साथै उपरोक्त माग सम्बोधन नभएमा निजी क्षेत्र चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने समेत संघले विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा ज्ञापन पत्र बुझ्दै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आजै सम्बन्धित निकायमा संप्रेशण गर्ने जनाउनु भएको छ । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय, चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, सिरिस पन्त, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर केसी विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.