कुरिनटार/चितवन उद्योग संघको २०७६ माघ ७ र ८ गते सम्पन्न कार्ययोजना गोष्ठीबाट पारित संगठन बिस्तार तथा सदस्यता वृद्धि विभागको कार्ययोजनाको विषयमा सम्बन्धित इकाई समितिलाई जानकारी गराउने उद्देश्य अनुरुप आइतबार आज इच्छाकामना इकाई समितिसँग सम्बन्धित इकाई समितिको कार्यालयमा संयुक्त बैठक सम्पन्न भयो ।
बैठकमा संघका उपाध्यक्ष, रत्ननगर इकाई समितिका अध्यक्ष एवं संगठन बिस्तार तथा सदस्यता वृद्धि विभाग संयोजक गजेन्द्र अधिकारीले चितवन उद्योग संघले अघि सारेका आगामि कार्यक्रमहरु, इकाई समितिका समस्याहरु, भावी योजना तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा कार्यसमिति सदस्य एवं इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बरबहादुर अधिकारी, संघका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, इच्छाकामना इकाई समितिका सदस्यहरु शिव शर्मा पौडेल, नरबहादुर नेपाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायत उद्योगीहरुको उपस्थिति रहेको थियो ।




