• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सत्ता गठबन्धन निर्वाचन क्षेत्र नम्बर दुईको सचिवालय उद्घाटन


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • चितवन/चितवन क्षेत्र नम्बर २ गठबन्धन सचिवालयकोे शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि चुनावी प्रचार प्रसार अभियानको लागि कार्यालयको उद्घाटन गरिएको हो ।
    सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदकाका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको जित नै जनताको जित भएको बताए । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य रोजगारीको लागि भएको भन्दै आफूले चुनाव जितेमा १० बर्षमै चितवनलाई कायापलट गर्न सकिने बताए ।
    ‘म आफै गरिखाने अभियानको अभियन्ता हो’ उनले भने, युवाहरुलाई रोजगारी जोड्नको लागि पनि मैले उम्मेदवारी दिएको हुंँ ।’ यो चुनाव आफू एक्लैको नभएको भन्दै उनले जनताको हातमा नतिजा भएको बताए ।  आफू लामो समय शिक्षा क्षेत्रमा रहेको र  निस्वार्थ भावका साथ राजनीतिमा लागेको भन्दै चितवनको परिवर्तनको लागि उम्मेदवारी दिएको बताए । ‘देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ उनले भने, ‘मेरो उम्मेदवारी स्थायी राजनीति र समृद्धिको लागि हो ।’
    सत्ता गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले चितवनलाई समानुपातिक विकास गर्न पनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । चितवनको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा परिवर्तन ल्याउन पनि गठबन्धनलाई जनताले जिताउनु पर्ने उनको भनाइ छ  ।
    क्षेत्र नम्बर प्रदेश २ क गठबन्धनका उम्मेदवार घनश्याम दाहालले आफूहरु जनताको प्रतिनिधि पात्र मात्र भएको बताए । ‘हामी त एउटा प्रतिनिधि पात्र मात्र हौं’ उनले भने, ‘जनता सबै उम्मेदवार हुन् ।’ आफूले वाग्मती प्रदेश मन्त्री हुंँदा पनि चितवनको लागि दर्जनौं काम गरेको बताउंँदै उनले बांँकी काम गर्न जनताले मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए । आफूले जनताको काम गर्दै आएको भन्दै उनले सवारी अनुमति पत्र वितरणका लागि प्रविधिमैत्री व्यवस्था गर्न सफल भएको बताए ।
    प्रदेश २ ख का उम्मेदवार उत्तम जोशीले शान्ति, समृद्धि र परिवर्तनको लागि गठबन्धन चुनावी अभियान लागेको भन्दै प्रतिगामीलाई परास्त गर्न पनि गठबन्धनले जित्न आवश्यक रहेको बताए । देशमा विभिन्न कालखण्डमा आन्दोलन भए पनि अहिलेसम्म देशले मुहार फेर्न नसकेको भन्दै जोशीले देशको मुहार फेर्ने कामको नेतृत्व सत्ता गठबन्धनले लिनुपर्ने बताए । आफ्नो उम्मेदवारी चितवनमा  शान्ति, समृद्धि र विकासको लागि रहेको उनको भनाइ छ ।
    नेपाली कांँग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठले गठबन्धनले तीन वटै क्षेत्र जित्ने गरी चुनावी अभियानलाई तीब्र पार्नु पर्ने बताए । गठबन्धनका उम्मेदवार चितवनको विकासको लागि योग्य पात्र रहेको भन्दै उनले भने, ‘क्षेत्र नम्बर १ मा विश्व पौडेल हुनुहुन्छ । उहांँ आगामी सरकारको अर्थमन्त्रीको योग्य उम्मेदवार हो । क्षेत्र नम्बर २ मा शिक्षाविद उमेश श्रेष्ठ हुनुुहुन्छ । उहांँ शिक्षा मन्त्रीको लागि योग्य उम्मेदवार हो । तीन नम्बर क्षेत्रमा डाक्टर भोजराज अधिकारी हुनुहुन्छ । उहांँ स्वास्थ्य मन्त्रीको लागि योग्य उम्मेदवार हो ।’
    प्रतिगामीलाई परास्त गर्दै गठबन्धनले जित हासिल गर्नुपर्ने भन्दै उनले सबैले आफ् आफ्नो क्षेत्रबाट चुनावी अभियान र एजेण्डालाई जनतासामु लैजानुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लब्ली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरीलगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सचिवालय उद्घाटन कार्यक्रममा गठबन्धनका उम्मेदवार, पांँच दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.