• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

पालिकाहरुले खर्च ब्यहोर्ने गरि मृगौला पीडित बिरामीहरुको डायलाइसिस गर्न कलेज अफ मेडिकल साइन्सेजलाई आग्रह


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • भरतपुर/ भरतपुरमा बसेको सरोकारवालाहरुको बैठकले तत्कालका लागी सम्बन्धित पालिकाहरुले खर्च ब्यहोर्ने गरि मृगौला पीडित बिरामीहरुको डायलाइसिस गर्न भरतपुरको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज ) लाई आग्रह गर्ने निर्णय गरेको छ । गत असोज २२ गते देखि भरतपुरको पुरानो मेडिकल कलेजले अस्पतालमा उपचाररत मृगौला पीडित बिरामीहरुको डायलाइसिस नगरेको भन्दै सोमबार भरतपुरमा सरोकारवाला निकायहरुको बैठक बसेको हो । गत असोज २२ गते देखि उक्त पुरानो मेडिकल कलेजले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम स्थगित ( मृगौला पिडित बिरामीहरुको डायलाइसिस गर्न छाडेको ) गरिएको जनाएको छ ।

    Advertisement

    हाल पुरानो मेडिकल कलेजमा ४३ जना डायलासिसका बिरामी उपचाररत छन । जस मध्ये २४ जना चितवनका रहेका छन भने अरु बिरामी बाहिरी जिल्लाका रहेका छन । २४ जना मध्ये १८ जना भरतपुर महानगरका, ४ जना खैरहनीका, १ जना इच्छाकामनाका र १ जना रत्ननगरका रहेका छन । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ,चितवनका सातै पालिकाका प्रमुख तथा उप प्रमुख, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेल, रत्ननगर अस्पताल बिकास समितिका अध्यक्ष गोपाल कर्माचार्य,प्रहरी प्रमुख लगाएतको उपस्थिति रहेको थियोे । बैठकमा बोल्दै स्वास्थ्य कार्यलय चितवनका प्रमुख दुर्गा दत्त चापागाईंले भरतपुरका अस्पतालले कोहि पनि अकालमा मर्न नपरोस् भन्ने चाहना अनुसार काम गर्नुपर्नेमा जोड दिनु भयो । हप्तामा ३ पटक डायलाइसिस गर्नु पर्ने बिरामीको जिन्दगी माथी खेलवाड नगर्न पनि उहाँले मेडिकल कलेजसग आग्रह गर्नु भयो । त्यस्तै बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जनताको ज्यान बचाउनु पहिलो प्राथमिकता रहेको धारणा राख्नु भयो ।

    पुरानो मेडिकल कलेजले कुनै एजेन्ट सग सम्झौतामा डायलाइसिस गरेको तर उक्त एजेण्ट सगको सम्झौता नवीकरण नभएकै कारण सेवा बन्द गर्नु निकै दुख दायी भएको बताउनु भयो । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले उक्त कलेजलाई तत्कालका लागि सेवा सन्चालन गर्न आग्रह गर्ने बताउनु भयो । उप प्रमुख अधिकारीले भरतपुर महानगर भित्रका बिरामीहरुको डायलाइसिस गरे बापतको खर्च भोलि देखि नै महानगरले ब्योहोर्ने पनि जानकारी दिनु भयो । डायलाइसिसका बिरामीहरुको उपचार गर्न भरतपुर अस्पतालमा बनाउने भनिएको अस्थायी सरचनाको लागी भरतपुर महानरले ४० प्रतिशात खर्च ब्योहोर्ने छ उप प्रमुख अधिकारीले भन्नू भयो । भरतपुरमा मृगौला प्रत्यारोपण सेन्टर स्थापना नगरे सम्म डायलाइसिसको समस्या समाधान नहुने तर्क भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेलको छ ।

    भरतपुर अस्पतालमा स्थापना गर्ने भनिएको मृगौला प्रत्यारोपण सेन्टरलाई सरकारले सुर्खेत पुर्‍याएकोमा उहाँले दुख समेत व्यक्त गर्नु भयो । डायलाइसिसका बिरामीको उपचार गर्न अस्थाइ सरचना बनाइदिन र बिरामीलाई बिमा गराइदिन पौडेलले स्थानीय सरकार सग माग पनि गर्नु भयो । डायलाइसिस स्थाइ निधान होइन,अस्थायी समाधान हो उहाँले भन्नू भयो खानपानकै कारण पछिल्लो समय डायलाइसिसका बिरामीहरु बढने गरेका छन । कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज ) ले २०७८ साउन १ गते देखि २०७९ साउन मसान्तसम्मको १ करोड ५५ लाख अठाइस हजार रुपैयाँ प्राप्त नगरेको तथा डायलाइसिसको लागी आबश्यक पर्ने सामान आपूर्ति गर्न आपूर्तिकर्ताहरुलाइ लामो समय देखि भुक्तानी दिन नसकेको भन्दै असोज २२ गते देखि मृगौला रोगीहरुको डायलाइसिस गर्न छाडेको हो ।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.