भरतपुर /भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले सहकारीलाई उत्पादन सग जोड्न आग्रह गर्नु भएको छ । चितवन सहकारीको उर्बर भुमि हो नगर उप प्रमुख अधिकारीले भन्नू भयो,अब सहकारीहरु उत्पादन मुखी हुन आबश्यक छ । भरतपुर २१ पार्बतिपुरमा रहेको प्रेरणा बचत तथा ऋण सहकारी सस्थाको १२ औ बार्षिक साधारणसभालाई उद्वघाटन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले यस्तो धारणा व्यक्त गर्नु भएको हो । कृषि या पशुपालन क्षेत्रमा सहकारीले आफुलाइ स्थापित गराउन जरुरी छ उहाँले भन्नू भयो, बखान सहकारीको इतिहासलाई आत्मसात गर्न पनि चितवनका सहकारीहरु उत्पादन मुखी हुन आबश्यक छ ।

सहकारीहरुकै माध्यामबाट अन्तर्राष्ट्रिय स्तरमा समेत ठुला ठुला र महत्त्वपूर्ण कामहरु भएको पनि उहाँको भनाइ रहेको छ । कार्यक्रममा सस्थाका अध्यक्ष कमल प्रसाद पौडेलले अध्यक्षको प्रतिबेदन, सचिब हरिहर शर्मा पौडेलले आर्थिक बर्ष २०७८/०७९ को प्रगति विवरण एवं २०७९/०८० को बार्षिक निति तथा कार्यक्रम र कोषाध्यक्ष अम्बर बहादुर गुरुङले आर्थिक बर्ष २०७८/०७९ को आर्थिक विवरण एवं आर्थिक बर्ष २०७९/०८० को अनुमानित आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा सस्थाको ऋण उप समिति सयोजक सालिक दवाडीले ऋण उप समितिको प्रतिबेदन, शिक्षा उप समितिका सयोजक लोकनाथ घिमिरेले शिक्षा उप समितिको प्रतिबेदन तथा सस्थाका सदस्य छविन्द्र दवाडीले आर्थिक बर्ष २०७८/०७९ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष बिजय बाबू घले,जेष्ठ नागरिक सघ चितवनका कार्यबाहक अध्यक्ष टिकाराम भन्डारी,सस्थाका शेयर सदस्य सीता घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।




