भरतपुर/लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाको सयुक्त आयोजनामा भरतपुर १५, चितवनमा निःशुुल्क आँखा शिविर तथा मुुत्यूूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले मुुत्यूूपछि आफुले आँखा दान गर्ने घोषणा गर्नुुभएको थियो । अध्यक्षको घोषणा पछाडी टोल सुुधार समितिका २५ जना सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गर्नुुभएको हो । लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडीनै मुुत्यूूपर्यन्त आँखाको नानीदान घोषणा गरिसक्नुुएको थियो ।

निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्धितिय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथी प्रकाश पार्दै जिबीत हुने बेला सम्म आँखाको सुुरक्षामा बिशेष ध्यान दिन र निधनपछी डडेर खरानी हुने आँखाको नानी दान गर्न उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।
भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आँखाको नानीदान दान मात्र नभएर महादान समेत रहेको बताउनुु भयो । वहाँले यो कार्यक्रमलाई सफल बनाउन नै आफूूले नानी दानको घोषणा गरेको बताउदै सो कार्यक्रम सफल बनाउने वडाले सबै किसिमको सहयोग गर्ने बताउनुुभएको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा. प्राचि दुलालले एक जना मानिसको नानीबाट ४ जना मानिसले दृष्टि देख्न सक्ने भएकोले आँखाको नानीदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउन सकेमा धेरैको दृष्टि फर्काउन सकिने बताउनुभयो । कार्यक्रममा वहाँले आँखाबाट चिकित्सकहरुले कसरी आँखाको नानी निकाल्छन र प्रत्यारोपण गर्छन भन्ने कुरा बताउनुुभएको थियो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतका लायनहरुको एंव टोल सुुधार समितिका सदस्यहरु एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५५ जनाको आँखा परिक्षण गरिएको थियो । जानकी नमुना टोल बिकास संस्थाका सचिब गोपाल कंडेलले स्वागत मन्तब्य राख्नुुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलले गर्नुुभएको थियो ।




