भरतपुर/डा गोविन्द केसीको २० औं सत्याग्रहको आज छैटौं दिन उनका ७ ओटै मागहरुप्रति पूर्ण रुपमा एक्यबद्दता जनाउंदै भरतपुरको चौबिसकोठीमा आज दिप प्रज्वलन तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा चितवनका विभिन्न दलहरुका नेताहरु जीता बराल, धर्मेन्द्र सापकोटा, सिता ज्ञवाली, अगुवाहरु डा सुबास थापा, प्रभा ढकाल , सचिन चापागाईं, भारत दवाडी लगायत अन्य युवाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक प्रविन काफ्लेले बताएका छन्।

काफ्लेले भरतपुरबाट शान्तिपूर्वक यो आवाज वालुवाटार, सिंहदरवार हुँदै पुरा देशभर पुर्याउन चाहेको बताए। उनले डा केसीको शारीरिक अवस्था निकै कमजोर रहेको भन्दै यदि उनको जीवन तलमाथी भए सिंगो देश श्रापबाट मुक्त नहुने धारणा व्यक्त गरेका छन्। डा केसी सिंगो देशको आवाज बनेको हुँदा ३ करोड नागरिक सडकमा उत्रिए देश गम्भीर मोडमा जाने संकेत गर्दै सरकारले यथासिघ्र मागहरु सम्बोधन गरि जीवन रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।




