• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

अस्वस्थकर मासु बिक्री गर्छन सिनर्जी रोडका मासु पसल, भरतपुर महानगरले चर्कायो अनुगमन


  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
  • चितवन/ भरतपुर महानगर १० सिनर्जी रोड परिसरका सबै जसो मासु पसलले अस्वस्थकर मासु बिक्री गर्ने गरेको भेटिएको छ । भरतपुर महानगरले गरेको संयुक्त बजार अनुगमनका क्रममा सो क्षेत्रमा रहेका सिनर्जी मासु पसल , आलम जहिर मासु पसल , शाहिद मासु पसल, न्यु क्वालिटि मासु पसल, कुरैसी मासु पसलले निकै अव्यवस्थित र फोहोर तबरले मासु बिक्री गर्ने गरेको भेटिएको भरतपुर महानगरका पशु शाखाका पशु चिकित्सक तथा अनुगमन समितिका संयोजक श्याम राज देवकोटाले बताए । गत वर्ष भन्दा यो वर्ष सरसफाईमा केही सुधार भएपनि सन्तोषजनक अवस्था भने नदेखिएको देवकोटाको भनाइ छ ।सिनर्जी मासु पसलमा मासु काट्ने, भण्डारण गर्ने र कर्मचारी सुत्ने एकै ठाउँमा रहेको र त्यहाँ निकै फोहोर र दुर्गन्धित भेटिएको उनले बताए ।  त्यस्तै आलम जहिर मासु पसलले अस्वास्थ्य खसी बिक्री गर्र्ने गरेको भेटिएको पनि उनले बताए । अनुगमनका क्रममा काट्नका लागि तयारी अवस्थामा राखिएको खसी रोगी भेटिएको र त्यसलाई उपचार गरेर निको भएपछि मात्रै बिक्री सुझाब दिएको उनले बताए ।सो क्रममा माडी माछापसलको पनि अनुगमन गरिएको थियो । त्यहाँ भने दर्ता र नबिकरण नगरेको पाईएको थियो ।त्यस्तै सो क्रममा  होटल लाईमन एण्ड लेमनको पनि अनुगमन भएको थियो । त्यस्को भने सरसफाईको अवस्था सन्तोषजनक देखिएको र खाद्य स्वच्छतामा ध्यान दिन सुझाब दिएको उनले बताए ।
    सो क्रममा सिनर्जी रोडका किराना पसल सैलुन तथा होटलहरुको अनुगमन भएको थियो । अधिकाशंले महानगरमा दर्ता नगरेको भेटिएकाले उनिहरुलाई तुरुन्तै महानगरमा दर्ता गर्न सुझाब दिएको उनले बताए ।

    Advertisement

    उपभोक्ता अधिकार संरक्षण एन २०७५ को दफा ६४ र २८ ले स्थानिय निकायलाई बजार अनुगमन गर्ने अधिकार प्रदान गरेकाले महानगरले नियमित रुपमा संयुत्त बजार अनुगमन गरेको भरतपुर महानगरका उपभोक्ता हित संरक्षण शाखा तथा शासकिय सुधार ईकाईका अधिकृत थानेश्वर सापकोटाले बताए । उपभोक्ता हक हित संरक्षण र स्वस्थ्य बजार कायम राख्न महानगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको उनले बताए ।चाडपर्वलाई बिशेष ध्यान दिईएको पनि उनि बताउँछन् । अनुगमनमा विल बिजक भए नभएको , मुल्य सुचि भए नभएको, साईन बोर्ड भए नभएको, लेवल भए नभएको, नापतौलको अवस्था सबै हेरिएको उनी बताउँछन् । अनुगमनमा सामान्य कमजोरी देखिएकालाई समय दिएर सुधार गर्न आग्रह गरेको र पटक पटक लापरबाही गरेको देखिएमा जरिवाना गर्ने गरिएको उनले बताए ।
    महानगरले यहि मंगलबारबाट महानगरका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी सहित नगरका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको उपस्थितीमा अनुगमन सुरु गरेको थियो ।मंगलवार बालकुमारी तरकारी बजार र त्यहाँका मासु पसलहरुको अनुगमन गरेको थियो भने बुधबार भरतपुरको केन्द्रिय बसपार्कका पसलहरुको अनुगमन गरेको थियो।अनुगमनका लागि अनुगमन मात्रे नभै परिणाममुखी अनुगमन गर्न आवस्यक रहेको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन अधिकारी उमेश चन्द्र पन्थिले बताए ।
    उपभोक्ताको अधिकार हनन गर्ने अधिकार कसैमा पनि नभएकाले अनुगमनमा कमजोरी देखिए तुरुन्तै जरिवाना गर्नुपर्ने उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

    शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.