• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • काठमाडौं /साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले सोमबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । समारोह कार्यक्रम कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा. नारायण प्रसाद रेग्मीको सभापतित्वमा भएको थियो । सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्नेक्रममा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रीयाकलाप गर्दै आएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ५९ बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो ‘कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ ।

    Advertisement

    कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकिय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपुर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्नुहुँदै निकट भविष्यमा आफनै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गईरहेको जानकारी समेत दिनुभयो । साथै उहाँले कर्पोरेशनका पूर्व अध्यक्ष लक्ष्मीदास मानन्धरको निधनले कर्पोरेशन परिवार मर्माहत तुल्याएको उल्लेख गर्नुहुँदै उहाँको योगदानको स्मरण गर्दै सकृय जीवन बारे चर्चा समेत गर्नुभएको थियो । कार्यक्रम माझ प्रमुख अतिथिका रुपमा आमन्त्रित उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आफु बाढीपहिरोको प्रकोपका कारण गृह जिल्लामा रहेको र मौसम प्रतिकुल रहेसँगै कर्पोरेशनको वार्षिकोत्सव समारोहमा उपस्थिती हुन नसकेको व्यहोरासहितको पत्र र शुभकामना सन्देश कार्यक्रमका सभापति डा. नारायण रेग्मीले पढेर सुनाउनु भएको थियो । जसमा मन्त्री बडुले कर्पोरेशनले लोककल्याणकारी कार्यमा अग्रसर रहदै र उद्योग व्यापार मार्फत देशको आर्थिक क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याउदै आएको उल्लेख गर्नुभएको थियो । साथै प्रेषित पत्र मार्फत मन्त्री बडुले कर्पोरेशनले व्यापारमा विविधिकरण गर्दै आम उपभोक्ताको सेवामा समर्पित भएर लाग्दै आएकोमा प्रशंसा समेत गर्नुहुँदै ६० औं बर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गर्नुभयो । ततपस्चात समारोह माझ बोल्नुहुँदै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड व्यवस्थापन समक्ष करारमा कार्यरत केही कर्मचारीहरुलाई स्थायी गर्न आग्रह गर्दै कर्पोरेशनको गेट भित्र छिरिसकेपछि सबैमा अपनत्वबोध हुनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीको साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई समेत सघाउदै आएको उल्लेख गर्नुहुँदै मन्त्रालयले आवश्यक परेको खण्डमा अझ थप दायित्व पनि सुम्पने बताउनु भयो । साथै उहाँले सरकारको निर्देशनलाई वस्तुनिष्ठ तबरले पालना गर्दै आएको भन्दै कर्पोरेशनको प्रशंसा गर्नुहुँदै व्यवस्थापनले आधुनिकिकरण, डिजिटलाईजेसन जस्ता बिषयलाई अझ प्राथमिकता दिदै व्यवसाय बिस्तारको नीतिलाई सेमेटदै अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सोही अवसर माझ लक्ष्मीदास मानन्धर इटहरी स्थित निसहाय बालगृहलाई ताम्रपत्र सहित ७५ हजार राशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै संस्थाको तर्फबाट संस्थापक गीता गौतमले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संस्थाले हालसम्म ३५ जना छोरीहरु अन्माईसकेको र कयौ बालबालिकाहरु हुर्केर उच्च शिक्षाका लागि विदेश गएको जानकारी दिनुहुँदै कर्पोरेशनबाट सम्मानित हुन पाएकोमा गर्व महशुस भएको बताउनुभयो । त्यस्तै कर्पोरेशनले यस बर्षका लागि जनही रु ३० हजार राशीको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ बिष्णु प्रसाद न्यौपाने, नन अधिकृत स्तरतर्फ तेज बहादुर कार्की र स्तरविहिन तर्फ राधेश्याम खडकालाई सम्मानित गर्‍यो । त्यस्तै जनही ३५ हजार राशीको ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागिय प्रबन्धक सबल रिजाल र सहायक स्तरमा काजी बहादुर पराजुली र सवारी चालक मङ्ल बहादुर लामालाई पुरस्कृत गरियो । कर्पोरेशन अन्तर्गत कार्यरत कर्मचारीका छोरा छोरीहरु मध्ये गएको एसईई परिक्षामा सर्वोकृष्ट नतिजा पस्कन सफल तेज बहादुर कुवरका छोरा पर्सव कुवर र कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई क्रमश: अनङमान शेरचन र लोकनाथ जोशी छात्रब्रित्ती प्रदान गरियो । उहाँहरुलाई २ बर्षसम्म मासिक ३ हजारका दरले छात्र ब्रित्ती प्रदान गरिएको हो । सोही अवसर माझ कर्पोरेशनमा २० बर्ष सेवा अवधि पुरा गरेका माया बिमली र सन्तोष सिग्देललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो भने उपत्यका बाहिरकालाई तततत कार्यालय मार्फत प्रदान गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, सेयरधनी, पूर्व सचिव, उपभोक्ता अधिकारकर्मी, कर्पोरेशनका कर्मचारी परिवार, डिलर. पत्रकार लगायतका शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.