खैरहनी/खैरहनी नगरपालिका भित्रका उद्योगहरुको औद्योगिक प्रबद्र्वन एवं औद्योगिक राहत कोष ब्यवस्थापन कार्यक्रम अन्तर्गत चितवन उद्योग संघ, खैरहनी इकाई समितिले तयार पारेको प्रस्ताव पत्रलाई पेश गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवन उद्योग संघले अघि सारेका मुख्य परियोजना र संघको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा खैरहनी नगरपालिका कार्यालयका प्रमुख लालमणी चौधरीलाई संघका अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले संयुक्त रुपमा तयार गरिएको प्रस्ताव पत्र पेश गर्नुभएको थियो ।

प्रस्ताव पेश कार्यक्रममा खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया, प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, चितवन उद्योग संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे (राजु), उपाध्यक्षहरु त्रिलोचन कँँडेल, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघकी कार्यसमिति सदस्य एवं खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्य जितबहादुर हमाल, सञ्चार अधिकृत राजु भट्ट, खैरहनी नगरपालिकाका प्रेस संयोजक धु्रबराज खनाल, खैरहनी इकाई समितिका सदस्यहरु डोलबहादुर कार्की (अविनास), युवराज पाठक, रामकृष्ण खतिवडा, शिवप्रसाद चिमरिया, कैलाश शाह लगायतको उपस्थिति रहेको थियो ।




