खोलेसिमल/कौशिक गोत्रिय (अलिना) भट्ट समाज चितवनकी सदस्य कल्पना अम्गाई भट्टको श्रीमान स्वर्गीय ठाकुर भट्टको सम्झनामा भट्ट समाजद्वारा उहाँको निवासमा पुगी मृत्यु शोकको दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्ति र सायुज्य प्राप्तिको कामना गर्दै परिवारजनसँग भेटघाट गरियो ।
स्वर्गीय भट्टका छोरा सन्दिप भट्ट आफ्नो कामको शिलशिलामा घर बाहिर रहनुभएको कारणले आफ्नो बुवाको सम्झनामा हाम्रो हिन्दु परम्परा अनुसार कर्म गरिरहनु भएको उहाँकै निवासमा पुगी परिवारजनमा धैर्यधारणा गर्न सक्ने शक्ति प्राप्त होस् भनी समवेदना समेत प्रकट गरियो ।

कार्यक्रममा कौशिक गोत्रिय (अलिना) भट्ट समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्ट, उपाध्यक्ष कृष्ण प्रसाद भट्ट, सचिव सिताराम भट्ट, कार्यसमिति सदस्य केशव भट्ट (थिर), सल्लाहकार संयोजक कृष्ण बहादुर भट्ट (पहलमान), सल्लाहकार ऋषिराम भट्ट, सदस्य कृष्ण प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो ।




