• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

चितवन निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीतको तारे होटल सोल्टी वेस्टेण्ड रिसोर्ट


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीन तले छ। रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ।

    रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल रु एक अर्बको लगानीमा निर्माण गरिएको हो। भरतपुर महानगरपालिका–२२ स्थित राप्ती किनारमा निर्माण गरिएको होटल वातावरणीय प्रभाव मूल्याङ्कन गरेर निर्माण गरिएको उनको जिकिर थियो।

    Advertisement

    मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यान दिएर संरचना बनाउनुपर्ने वातावरण संरक्षणकर्मी बताउँछन्। वडाध्यक्ष विष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आफूले यसखालको होटल त्यो ठाउँमा बनाउन नहुने तर्क प्रस्तुत गरेको बताए। उनले भने, ‘मैले त्यतिबेला नै माटो सुहाउँदो होटल बनाउनुपर्छ भनेको थिएँ।’ दोस्रो कार्यकाल पनि वडाध्यक्ष भएका उनले निकुञ्जको छेउमा बन्ने होटल मौलिकता झल्कने भिल्लाको स्वरुपमा बनाउन सोही बखत सुझाव दिइएको बताए।

    जिल्लाका लब्धप्रतिष्ठित व्यावसायिक व्यक्तित्वको लगानी रहेको होटलको नक्सापास गर्दा आफूले परिवर्तन गर्न आग्रह गरेको भए पनि सञ्चालकहरूले अटेर गरेको उनको भनाइ थियो। पछिल्लो समय वडाध्यक्ष महतो पनि होटलको शेयरधनी भएका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मध्यवर्तीमा होटलको संरचना मापदण्डविपरीत बनाउन नहुने बताए। उनले भने, ‘मापदण्डविपरीत भएमा निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउँछ।’

    मापदण्ड बनेपछि यससँगै अन्य होटलले कानुन उल्लङ्घन गर्दै संरचना निर्माण गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मापदण्ड मिचिएको देखिएपछि अध्ययन गर्ने तयारी भइरहेको बताए। निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आफ्नो पालामा वातावरण प्रभाव मूल्याङ्कनका लागि सो होटलका सञ्चालकले अनुमति लिन आए पनि मापदण्डविपरीत भएकाले आफूले नदिएको बताए। आफू बर्दिया राष्ट्रिय निकुञ्जमा हुँदा एक तला भत्काउन लगाएको भन्दै उनले निकुञ्जले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न सक्ने बताए। पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो। -रासस

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.