देबघाट/पिपलटार टाेल बिकासले अायाेजना गरिएकाे फुटबल प्रतियाेगिता कार्यक्रम सुरु भएको छ। कार्यक्रमकाे सभापतित्वमा हरिराम काप्रि र प्रमुख अतिथि गाउपालिकाकाे अध्यक्ष तिल बहादुर र बिशिष्ट अतिथिमा देबघाट गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बाहादुर कुवर र यसै गरि विशेष अतिथिमा नेकपा एमाले देबघाट गाउपालिकाका अध्यक्ष कशेब चन्द्र न्याेैपाने, बिहानी मिडियाका प्रमुख सम्पादक आशिक राना मगर देबघाट इलाका प्रहरी, कालिका टाेल बिकासका अध्यक्ष बिष्णु प्रसाद अधिकारी,कृष्ण रेग्मी, अमृत सुवेदी र सबै खेलप्रेमि बुवा आमा सबै उपस्थिति भएका थिए ।

स्वागत मन्तव्य क्रममा समयमा जुझारु युवा गाेपि मगरले खेलकुद मैदान नभएकाे र भर्जन कालिकामा रहेकाे खेल मैदानलाइ पुन बजेट पारि खेल मैदान बनाउन आग्रह गर्दै अतिथिहरुलाइ स्वागत मन्यव्य राखेका थिए र यसरि नै प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष तिल बहादुर मगर विशिष्ट अतिथि पुर्ण बाहादुर कुवर र यसै गरि विशेष अतिथि नेकपा एमालेका देबघाट अध्यक्ष केशब चन्द्र न्याैपाने सबैजनाले कार्यक्रमलाइ सहयाेग गर्ने र खेलकुदकाे महत्व,भर्जन कालिकाकाे खेल मैदान फेरि पुन बजेट पारि निर्माण कार्यलाइ अगाडि बढाउने जस्ता महत्पुर्ण कुराहरु राख्नु भएकाे छ। र आजकाे फुटबल प्रतियाेगिता कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथि बाट भएकाे छ । कार्यक्रम सञ्चालक बासु न्याैपानेले गरेका थिए।




