• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ओझा टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • काठमाण्डौं/ टेलिभिजन कार्यक्रम संचालक सरोज ओझा टान जर्नालिजम अवार्ड २०२२ बाट सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनबाट १५ बर्ष देखी सचेतनामुलक कार्यक्रम संचालन गर्दै आउनु भएका ओझाले पर्वतीय पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुर्याउनु भएको मुल्यांकन सहित ट्र«ेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)ले आफ्नो ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा माझ उहाँलाई उक्त अवार्डबाट सम्मान गरेको हो । उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम बहादुर सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो। टानले ओझासँगै न्युजलाईन्स नेपालका अध्यक्ष राजु भट्ट, नेपाल टेलिभिजनका प्रदिप चापागाई, न्युज नेपाल नेटवर्कका संचालक सविन धमला, राससका संवाददाता अच्युत रेग्मी, अर्थ व्यापारका नविन काफ्ल, हिमालय टेलिभिजनका शंकर पंडित, मुनलाईट टेलिभिजनका कुमार चौलगाईं लगायतका पत्रकारलाई उक्त अवार्ड प्रदान गरेको छ । अवार्डसँगै उहाँहरुलाई जनही चार हजार दुई सय पचास राशीको चेक हस्ताण्तरण गरिएको छ ।

    कार्यक्रम माझ कान्छा पर्वतारोहीको किर्तिमान बनाएका स्वर्गिय शम्भु तामाङलाई ५० हजार राशीको डा. हर्क गुरुङ टान पुरस्कार अर्पण गरिएको थियो । उनकी धर्मपत्नी करुणा तामाङले उक्त पुरस्कार ग्रहण गरिन् । त्यसैगरि, सामाजिक सेवा अन्तर्गत थ्रि स्टारकी लक्की क्षेत्री कार्कीलाई पुरस्कृत गरिनुका साथै निमा डिकी लामा र फुुर्वा शेर्पालाई टान पासाङ ल्हामु अवार्डबाट विभुषित गरियो भने टान सम्बद्ध उत्कृष्ट ११ वटा ट्र«ेकिङ एजेन्सीहरुलाई सम्मान गरिएको थियो ।

    Advertisement

    टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ होटल हयात रिजेन्सीको सभा हलमा आयोजित उक्त बार्षिक साधारणसभाको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पर्यटन र ट्र«ेकिङ उद्योगसँग संबन्धित नीतिगत र कानुनसँग जोडिएर आउने विषयमा समय सापेक्ष परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रदेश सरकारले बढाएको शुल्क संबन्धमा आगामी भाद्र ३ र ४ गतेलाई बैठक आव्हान गरि समस्या समाधानका लागि अघि बढेको जानकारी समेत दिनु भयो ।

    सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै टानका अध्यक्ष खुम बहादुर सुवेदीले बागमती प्रदेश सरकारले ल्याएको पर्यटन ऐनमा चुक्ता पुँजी २५ लाखबाट बढाई ५० लाख पुर्याईनु अनुपर्युक्त र स्वीकार्न नसकिने प्रकृतिको रहेको बताउनु हुँदै संघिय मन्त्रालयले यसलाई परिमार्जन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याउनुभयो । साथै, उहाँले गाउँपालिकाले पर्यटकबाट जबर्जस्ती शुल्क उठाउनु अनुचित रहेको, देशैभर टिम्स पूर्ण रुपमा कार्यान्वयन आउन नसक्नु दुखद रहेको, ट्र«ेकिङको हकमा जटिल र अव्यवहारिक नीति लागु गरिएको, प्याकेज महंगो भएको लगायतका थुपै्र समस्याहरुले गर्दा ट्र«ेकिङ व्यवसाय संकटापन्न स्थितीमा रहेको उल्लेख गर्नुभयो ।

    सरोज ओझाको संक्षिप्त परिचय

    सरोज ओझा बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । तनहुँको ब्यास ५ साँगेमा जन्मनुभएका भएका ओझाको बाल्यकाल दमौली ९चापाघाट०मा बितेको थियो । उहाँले २ कक्षा बाहेक नर्सरी देखी १० कक्षासम्म शान्ती बर्ष अंग्रेजी माध्यमिक विद्यालयमा पढनु भएको हो । २ कक्षाको अध्ययन भने उहाँले देशको राजधानी काठमाडौंमा गर्नुभयो । उहाँ सोल्टीमोड स्थित होलि ल्याण्ड इन्टरनेशनलमा पढनु हुन्थ्यो । १० जोड दुई दमौली कलेजबाट अध्ययन पुरा गर्नु भएका उहाँले केही समय आदी कवि भानुभक्त बहुमुखी क्याम्पसमा समेत अध्ययन गर्नु भएको थियो । उहाँको हालको स्थायी बसोबास भने ललितपुरमा रहेको छ ।

    उहाँ विगत डेढ दशक देखी नेपाल टेलिभिजनसँगको सहकार्यमा अनवरत रुपमा टेलिभिजन कार्यक्रम उत्पादनसँग जोदिदै आउनु भएको छ । ओझा कार्यक्रम सचेतनाका प्रस्तोता, सम्पादक तथा निर्देशक हुनुहुन्छ । ओझाले हालसम्म सचेतना बाहेक पनि बाल आवाज, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार, नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलिश्रिँखला कुरा मात्रै भो निर्माण एवम् प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिष्ठ योगदान पुर्याउनुभएको छ। ओझा एक सफल डकुमेन्ट्री मेकर समेत हुनुहुन्छ । हालसम्म उहाँले हेल्थ रिटेन्सन, विश्व स्वास्थ्य संगठन (२०२१, गद्धी बैठक पुनर्निमाण , यु एस एम्बेसडर फण्ड (२०७५ , लुम्बिनी आईबडिएि(०७४, अन्नपूर्ण ओडिसी, नेपाल पर्यटन बोर्ड(२०७१, किर्तीपुरको पर्यटकिय सम्भावना, कर्तिीपुर नगरपालिका (२०७३, सहुलियत दरको सुपथ मुल्य पसल, साल्ट ट्रेडिङ (२०६८ देखी, हरियो झन्डा अभियान लतिपुर मनपा(२०७४, नेपालमा सुख्खा एनआईटिडिबी, नेपाल सरकार(२०६७ , दशौ सार्क व्यापार मेला, टिईपिसि, नेपाल सरकार(२०६८, बाल मैत्री स्थानयि शासन, सिसीडब्लुबी , नेपाल सरकार(२०६९, सबैका लागी पानी , फण्ड बोर्ड, नेपाल सरकार(२०७० लगायतका वृत्तचित्र निर्माण लगायत स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गर्नुभएको छ । उहाँ एक कुशल जीवनी लेखक साथै शोधकर्ता पनि हुनुहुन्छ । हाल पनि उहाँ ’बुढीगण्डकी सभ्यता र सेरोफेरो’ बिषयमा शोधमुलक अध्ययन, अनुसन्धान गर्नमा तल्लिन रहदै आउनुभएको छ ।

    साथै, उहाँले विभिन्न कम्पनी तथा संस्थाहरुको प्रेस सल्लाहकार तथा संचार विज्ञको हैसियतले कार्य गर्दै आउनु भएको पनि छ ।

    त्यस्तै, उहाँले सन २०१९ मा नेपालको काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटलाई नेपाल स्थित १४ वटा स्याटलाईट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने संयोजनकारी भूमिका निर्वाह गर्नुभएको थियो। ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक ओझा राज्य मिडिया नेटवर्कका अध्यक्ष साथै अनलाइन संस्करण राज्यदैनिक डटकमका अध्यक्ष एवम् कार्यकारी सम्पादक समेत हुनुहुन्छ । त्यसो त ओझाले ललितपुर महानगरपालिकाद्वारा प्रकाशित बुलेटिन, कर्पोरेट खबर पत्रिका एवम् सोको अनलाइन संस्करण र खेल जित मनोविज्ञान पुस्तकको सम्पादक भएर समेत कार्य गर्नुभएको छ । नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव समेत रहनु भएका उहाँ अघिल्लो कार्यकाल नेपाल पत्रकार महासंघ, एशोसयिट प्रदेश कमिटि कार्यसमितिमा निर्वाचित हुनुभएको थियो । ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहनु भएका उहाँको व्यक्तित्व बहुआयामकि छ । नेपाली र अंग्रेजी दुवै भाषा माथि राम्रो पकड राख्नु हुने उहाँले नेपाली, अंग्रेजी अनुवादकको रुपमा समेत कार्य गर्दै आउनु भएको छ । बजेट, मौद्रिक नीति तथा सार्वजनिक वित्त जस्ता प्राविधिक बिषयका शोधमुलक सन्दर्भ सामाग्रीहरुका ठेली समेत उहाँले अनुवाद गर्नु भएको छ । उहाँले वित्त, वाणिज्य, सामाजिक, राजनीतिक, कुटनीतिक, प्रशासनिक, पर्यटन, कृषि, स्वास्थ्य, बालबालिका लगायतका जुनसुकै क्षेत्रको बिषयमा गहिराईमा पुगेर लेख्न सक्ने ल्याकत राख्नुहुन्छ । उहाँ मास्टर्स् इन मिडिया टेक्नोलोजी, स्नाकोत्तर तहका शोधार्थी समेत हुनुहुन्छ । साहित्यतर्फ उहाँको अगाध रुची रहदै आएको पाउन सकिन्छ । ओझाले नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्दै आउनुभएको पाईन्छ ।

    त्यसो त १५ बर्ष देखी नेपाल टेलिभिजनमा अनवरत रुपमा कार्यक्रम उत्पादनतर्फ जोडिदै आउनु भएका उहाँलाई लामो समयसम्मको सहकार्य सम्बन्धको कदर गर्दै नेपाल टेलिभिजनले २०७८ सालको सम्मान समर्पण गरेको थियो । २०२१ मा ओझालाई थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिसकिपर्स फेडरल काउन्सिलले युएनपिकेएफसी हुमानेटेरियन अवार्डबाट विभुषित गरेको थियो । उहाँले सन् २०१९ मा इजिप्टको अलेक्जेन्ड्रीयामा एमएसएन एक्सिलेन्स अवार्ड प्राप्त गर्नु भएको थियो । ओझाले अधिराज्य मिडियाद्वारा आयोजित विराट फिल्म अवार्ड लगायतका थुप्रै प्रतियोगीतात्मक शोहरुमा निर्णायकको भूमिका समेत निर्वाह गर्नुभएको छ ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.