सौराहा/चितवन उद्योग संघको आयोजनामा संघको महत्वपूर्ण परियोजनाको रुपमा रहेको औद्योगिक पाठशालामा सञ्चालन गरिने १० तालिमहरु मध्ये मार्केटिङ्ग तालिमका लागि पाठ्यक्रम निर्माणको विषयवस्तु तयारीका लागि गोष्ठी सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका मार्केटिङ्ग विभागका प्रमुख प्रा.डा.भोजराज अर्याल विषय विज्ञको रुपमा रहनुभएको थियो ।
विशेषत उद्योगीहरुको क्षमता अभिवृद्धि गर्ने र दिगो उद्यमशिलतामा सहयोग पु¥याउने तथा नवउद्यमी सिर्जना गर्ने उद्देश्यका साथ विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको औद्योगिक पाठशालामा बजार मागका आधारमा वास्तविक औद्योगिक जीवनमा अभ्यस्त हुन सक्ने गरी तालिम सञ्चालन गर्न आन्तरिक पाठ्यक्रम निर्माणको आवश्यकता महशुस गरी मार्केटिङ्गको पाठ्यक्रम तयार गर्न गोष्ठी सम्पन्न गरिएको थियो ।

चितवन उद्योग संघका उपाध्यक्ष तथा नीति निर्माण समन्वय एवम् औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको गोष्ठीमा चितवन उद्योग संघका पूर्व अध्यक्षहरु तारा प्रसाद पौडेल, सोमराज मरहट्टा, हरि प्रसाद सुवेदी, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, नीति निर्माण समन्वय एवम् औद्योगिक पाठशाला सञ्चालन विभागका सदस्यहरु गोपाल प्रसाद गैरे, सुरेन्द्र कार्की, राधा शर्मा, पाठशाला विभागका आमन्त्रित सदस्यहरु दिनुप कुमार बराल, पुरुषोत्तम रिजाल, सिर्जना सोती, संघका पूर्व उपाध्यक्ष लक्ष्मण अर्याल, प्राध्यापक एवम् उद्योगी सुरेन्द्रनाथ रेग्मी, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यक्रम अधिकृत विकास भट्ट लगायतको सहभागिता रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमलाई संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्दै पाठ्यक्रमका विषयवस्तुलाई खुल्ला रुपमा छलफल गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण उद्योगीहरुले मार्केटिङ्ग सम्बन्धमा आफ्नो भोगाई, व्यवहारिक अनुभव र ज्ञान समेत साटासाट गर्नुभएको थियो । कार्यक्रमका विज्ञले पाठ्यक्रमका विषयवस्तु प्रस्तुत गरी सहभागिहरुबाट सुझाव समेत संकलन गर्नुभएको थियो । उद्योगीहरुबाट प्राप्त वास्तविक र व्यवहारिक सुझावले पाठ्यक्रमलाई पूर्णता दिन सहयोग पु¥याउने बताउनुभयो ।
Advertisement




