भरतपुर/भरतपुर महानगरपालिका स्तरीय स्काउटको नियमित पुर्ण बैठक आज भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको बैठकले भरतपुर महानगर भित्र रहेका मा बि तहका सामुदायिक तथा सस्थागत बिद्यालयहरुमा सूचना जारी गरि स्काउट शिक्षकको नामावली सकलन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भरतपुर महानगरपालिका स्तरीय स्काउटलाई देश कै पहिलो र उत्कृष्ट स्काउट बनाउने पनि निर्णय गरेको छ ।

महानगर भित्र रहेका सबै सामुदायिक र सस्थागत बिद्यालयहरुलाई एकैसाथ समेटेर जाने, स्काउट तालीम सन्चालन गर्ने लगाएतका विविध निर्णयहरु बैठकले गरेको छ । बैठकमा बोल्दै उप प्रमुख अधिकारीले एक घर एक स्काउटको अबधारणामा जानू पर्नेमा जोड दिनु भयो । व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ उप प्रमुख अधिकारीले भन्नू भयो ।

स्थानीय स्तरमा पालिका प्रमुख सरक्षक तथा उप प्रमुख प्रमुख स्काउट रहने ब्यबस्था छ । स्थानीय आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने प्राबधान छ । त्यस्तै पालिका स्तरमा नगर शिक्षा अधिकारी सदस्य सचिब रहने कार्यब्यबस्था छ । त्यस्तै केन्द्रमा सरक्षक प्रधानमन्त्री, प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री र प्रमुख आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने ब्यबस्था छ । स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउनुको साथै अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा स्काउटले मद्दत पुर्याउछ ।




