• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

सेन्ट जोन्स स्कुल बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • काठमाडौं /नेपाल कोरिया कल्चर एक्सचेन्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) ले शनिवार निःशुल्क स्वास्थ्य शिविर व्यापक उपस्थिति एवं उल्लासपूर्ण रुपमा सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले शिविरको सकारात्मक सन्देशको लागि सर्वप्रथम आफ्नै स्वास्थ्य जाँच गरि कार्यक्रमको उदघाटन गर्नु हुँदै नेकोसले वर्षौंदेखि समाजमा सकारात्मक कार्य गर्दै आएको र धेरै कार्यक्रमहरुमा आफू पनि प्रत्येक्ष सहभागी भएको र मेयर भए पछी पनि यस्तो महान कार्यमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै नेकोसको टिमलाई धन्यवाद दिनु भएको थियो ।


    नेकोसका अध्यक्ष यविन्द्र कुमार श्रेष्ठले आजको शिविर समुदायका सबैको लागि खुल्ला रहेको र उक्त शिविरमा सबै उमेर समुहका स्थानीयहरुको सबै किसिमको रोग सम्बन्धि स्वास्थ्य परिक्षण गरेकोमा वयस्कहरुको लागि मुटु सम्बन्धि परिक्षण एवं बालबालिकाहरुको लागि बालरोगलाई बढी जोड दिएको बताए ।
    कार्यक्रमका संयोजक तथा नेकोसका सहसचिव इन्द्र महराले कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी निवर्तमान उपमेयर रमा देवी राइ, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नंं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी,वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नंं ११ का अध्यक्ष राजु अधिकारी, नेपाल प्रहरीबाट एसएसपि भीम बुढाथोकी र कुवेर कँडेल लगायतका सामाजिक प्रतिष्ठित व्यक्तित्वहरु तथा सयौ सेवाग्राहीहरुको उपस्थिति एवं उल्लासपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन हुनुले कार्यक्रमको औचित्यता पुष्टि भएको बताए ।

    Advertisement


    शहरमा भन्दा गाउँमा यस किसिमको शिविरको आवश्यकता होइन र भन्ने प्रश्नको उत्तरमा नेकोसकी उपाध्यक्ष तथा फिलामेन्ट नेपालकी अध्यक्ष कृष्णमाया तामाङले नेकोस स्थापना भएको ११ वर्षको अवधिमा “स्वास्थ्य नै धन हो” भन्ने नारा सहित नेपालको दुरदराज गाउँ बस्तीमा सयौं यस्ता शिविरहरु सन्चालन गरि सकेको तर कोभिड १९ को कारण स्थगित भैरहेको र गाउँमा जाने अवस्था अझै ढुक्क नभएकोले कोभिड पछिको पहिलो कार्यक्रमको रूपमा शहरमै भए पनि कार्यक्रम आयोजना गरेको बताइन् । साथै स्वास्थ्य परिक्षण गराउने सेवाग्राहीहरुको उपस्थिति हेर्दा गाउँमा भन्दा शहरमा यस किसिमको शिविर आवश्यकता हो कि जस्तो लागेको समेत तामाङले बताउदै शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर लाग्नुको साथै राष्ट्रिय विपत्ति भुकम्प र कोभिड १९ को बेला जनसेवामा विशेष भुमिका सस्थाले निर्वाह गरेको कुरा स्मरण गरिन ।

    अब अर्को शिविर कहिले हुन्छ भन्ने प्रश्नको उत्तरमा नेकोसकी सचिव भावना के सी र कोषाध्यक्ष मुना राई लामाले कार्यक्रम हेर्दा सामान्य जस्तो लागे पनि आर्थिक रूपमा धेरै नै कठिन हुने हुनाले नगरपालिकासंग सहकार्य गरेर छिट्टै अरु वडाहरुमा पनि सन्चालन गर्ने बताइन् ।
    स्वास्थ्य सेवा समाजका हरेक व्यक्तिको लागि आवश्यक रहेको र स्वास्थ्य चेतना जागरण कार्यक्रमलाई समुदाय स्तरमा विस्तार गर्नको लागि यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहने कुरालाई विचार गर्दै आफूहरुले स्वास्थ्य शिविर सञ्चालनको लागि सहकार्य गर्न तयार भएको साथै आगामी दिनमा पनि यस्ता समुदाय लक्षित सेवामूलक रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै लैजाने योजनामा आफूहरु रहेको विद्यालयका प्रिन्सिपल रुकेश तामाङले बताए ।
    फिलामेन्ट भलुन्टेयर्स कप्र्स नेपालका सचिव सुदर्शन बस्नेतले निःशुल्क स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि आफूहरु निरन्तर क्रियाशिल रहेको बताए ।


    नेकोस मुख्य आयोजक रहेकोे कार्यक्रमको सम्पुर्ण प्राविधिक सहयोग मुटु बचाउँ नेपालले उपलब्ध गरेका थिए भने व्यवस्थापन सेन्ट जोन्स स्कुलले गरेको थियो । कार्यक्रमको सहआयोजकको रुपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स क्रप्स नेपाल र आराम फार्मेसी रहेको थियो ।
    शिविरमा विरामीहरुको चेकजाँच विशेषज्ञ डाक्टरहरु प्रा.डा दिनेश प्रसाद कोइराला, डा. अनिल भट्टराई, उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने,डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले गर्नुभएको थियो ।
    कार्यक्रमको अन्त्यमा वरिष्ठ मुटु रोग विशेषज्ञ तथा मुटु बचाउ सस्थाका अध्यक्ष डा. अनिल भट्टराईले कार्यक्रम व्यवस्थापनमा उत्कृष्टता लागेको र यस्तो जुझारु टिम रहेको नेकोस सस्थासंग अगामी दिनहरूमा सहकार्य हुन सके अझै धेरै जनताको सेवा गर्ने मौका मिल्ने विश्वास रहेको बताए ।
    शिविरमा ६०० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरेकोमा ४ जनाको अवस्था गम्भीर देखिएकोले तुरुन्त उपचारको लागि सुझाव गरिएको कुरा प्रो. डा. दिनेश कोइरालाले बताउनु भयो ।

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.