भरतपुर/चितवन उद्योग संघको आयोजनामा उद्योगमा मार्केटिङ्गको आवश्यकता विषयमा आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० वर्षदेखिको क्यानडाका विश्वविद्यालयहरुमा मार्केटिङ्ग विषयमा अध्यापन गराउँदै आउनु भएका प्रा.डा.तुलसी धरेलले उद्योगमा मार्केटिङ्गको आवश्यकता विषयमा प्रशिक्षण गराउनु भएको थियो । उहाँले मार्केटिङ्ग किन र के को लागि, मार्केटिङ्गमा जे छ त्यहि बेच्ने कि जे चाहिन्न्छ त्यहि बेच्ने, मार्केटिङ्ग भित्र के–के चिजहरु पर्दछन् ? मार्केटिङ्गले उद्योग व्यवसायमा कस्तो प्रभाव पार्दछ ? मार्केटिङ्ग कसरी गर्न सकिन्छ ? उद्योग, व्यवसायका लागि मार्केटिङ्ग किन आवश्यकता ? भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा डा.नारायण सिंह कुँबर, बोधराज लम्साल, पुरुषोत्तम रिजाल, अश्विन गोले, तीर्थ सुवेदी लगायतका उद्योगीहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
उद्योगीहरुबाट आएका सुझावहरुलाई कार्यक्रमका प्रमुख स्रोत व्यक्ति प्रा.डा.तुलसी धरेलले प्रष्ट्याउनु भएको थियो ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठा, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेल, चितवन उद्योग संघका पूर्व अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल क्रेट उत्पदक संघका अध्यक्ष दण्डपाणी भट्ट, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ज्योती कडेल, लगायत चितवन उद्योग संघका वस्तुगत समितिका पदाधिकारी तथा सद्स्यहरु, चितवन उद्योग संघका इकाई समितिका पदाधिकारी एवम् सदस्यहरु, महिला उद्यमी मन्चका पदाधिकारी एवम् सदस्यहरु, युवा उद्यमी मन्चका पदाधिकारी एवम् सदस्यहरु,नेपाल उद्योग परिसंघ बागमति प्रदेशका कार्यसमिति सदस्यहरु दुर्गा प्रसाद भण्डारी, बिष्णु प्रसाद पौडेल, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, सुदिप कुमार ओली, प्रतिभा श्रेष्ठ, जितबहादुर हमाल, दिनुपकुमार बराल, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, दुर्गालाल सापकोटा, पार्वती कुंवर, सुरेन्द्र कार्की, चन्दना कोइराला, विशाल चापागाई, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका पूर्व अध्यक्ष तारादेवी काफ्ले, महिला उद्यमी मञ्चका उपाध्यक्ष सिर्जना सोती, कोषाध्यक्ष सरिता खनाल पौडेल, कार्यसमिति सदस्यहरु राधा शर्मा, गीता ढकाल, युवा उद्यमी मञ्चका सदस्यहरु मुक्तिनाथ पोखरेल, अश्विन गोले, सरोज बाबु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिृकत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रमलाई संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




