राप्ती/दक्षिण कोरियामा संचालन भईरहेको तेक्वान्दो खेलमा खैरहनीका कृष्ण थापाले स्वर्ण जितेका छन् । थापाले यही जुलाई २२ तारिख देखि दक्षिण कोरियामा सञ्चालन भएको वर्ल्ड तेक्वान्दो कल्चरल एक्पोमा नेपालका लागि स्वर्ण पदक जितेका हुन् । कोरियाको मजिमा भएको खेलमा नेपालको प्रतिनिधित्व गर्दै ३५ वर्ष मूनिको सिनियर पुरुष तर्फको पुङ्गसेमा थापाले स्वर्ण जितेका छन् ।

विश्वभरीबाट सहभागी भएका प्रतिस्पर्धीहरुलाई पछि पार्दै खैरहनी १० का थापाले स्वर्ण जित्न सफल भएका हुन् । उनी विगत दुई दशकदेखि तेक्वान्दो खेलमा समर्पित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । जस स्वरुप उनले देशको नाममा थप एक स्वर्ण पदक थपेका छन् । त्यस्तै अब हुने ८० केजी तौल समूहको प्रतिस्पर्धात्मक खेलमा पनि उनले प्रतिस्पर्धा गर्दै छन् । सो खेलमा सहभागिता जनाउन उनी साउन २० गते कोरिया प्रस्थान गरेका थिए । जुन खेल साउन २८ गतेसम्म खेल सन्चालन हुनेछ ।




